इजरायलद्वारा लेबनानमा पुनः हवाई आक्रमण सुरु

अनलाइनसमय |
१० असोज २०८१
इजरायलद्वारा लेबनानमा पुनः हवाई आक्रमण सुरु

काठमाडौं, १० असोज । इजरायली लडाकु विमानहरूले बुधबार साँझ पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण पुनः सुरु गरेको छ ।
लेबनानी सैन्य स्रोतका अनुसार इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बालबेक, हर्मेल र पश्चिमी बेकाका क्षेत्रमा करिब ७० वटा आक्रमण गरेका छन् ।

सिभिल डिफेन्स र लेबनानी रेड क्रसले भग्नावशेष हटाउन र घाइतेहरूलाई अस्पतालमा स्थानान्तरण गर्ने काम गरिरहेको बताएको छ ।

लेबनानमा बुधबार जारी इजरायली हवाई हमलाबाट ५१ जनाको मृत्यु भएको र २ सय २३ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले बताएको छ । सोमवार र मङ्गलबार इजरायलले लेबनानमा २००६ पछि सबैभन्दा ठूलो आक्रमण गरेको थियो ।

उक्त आक्रमणबाट देशभर ५ सय ५० भन्दा बढीको मृत्यु र १८ सयभन्दा बढी घाइते भएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस