• ताजा समाचार, बिचित्र संसार, विज्ञान/प्रविधि

    ‘घोस्ट सार्क’ को नयाँ प्रजाति भेटियो

     137 Views
    ‘घोस्ट सार्क’ को नयाँ प्रजाति भेटियो

    काठमाडौं, ८ असोज । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार घोस्ट सार्क माछाको नयाँ प्रजाति पत्ता लगाएका छन् ।

    वेलिङ्टनस्थित नेसनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमोस्फेरिक रिसर्च (एनआइवाइए) का वैज्ञानिकहरूका अनुसार अस्ट्रेलेसियन न्यारो–नोज्ड–स्पुकफिस अस्ट्रेलिया र न्युजिल्यान्डको गहिरो पानीमा बस्ने पाइएको छ । प्रशान्त महासागरको चाथम राइज क्षेत्रमा गरिएको अनुसन्धानका क्रममा माछाको नयाँ प्रजाति पत्ता लगाइएको थियो ।

    स्पुकपिस नामले पनि चिनिने घोस्ट सार्कका आँखा काला हुन्छन् भने छाला चिल्लो, हल्का खैरो र कत्ला रहित हुन्छ ।तिनीहरूले आफ्नो चुच्चो मुख प्रयोग गरेर प्रशान्त महासागरमा दुई हजार छ सय मिटरसम्मको गहिराइमा हुने क्रस्टेसियनहरूको सिकार गर्छन् ।

    (एजेन्सीको सहयोगमा)

     

    यसमा तपाइको मत

    Facebook Comment