रजत पदक बिजेता एरिका गुरुङ नेपाल फर्किइन्

अनलाइनसमय |
८ असोज २०८१
रजत पदक बिजेता एरिका गुरुङ नेपाल फर्किइन्

काठमाडौं, ८ असोज । चीनमा आयोजित २० औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज (मंगलबार) नेपाल फर्किएकी छिन् ।

सेमिफाइनलमा गुरुङले थाईल्यान्डकी केवालिन सोङ्क्लिनलाई ८–० ले सहजै हराइन् । तर ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले अहिलेसम्म कुनै पनि पदक जितेको थिएन । उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।

गुरुङ लामो इतिहास बोकेको नेपाली कराँतेमा सफल खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस