काठमाडौं, २६ भदौ । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलामा १ हजारले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो । मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि भदौ २१ मा हालसम्मकै महँगिएको सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । उक्त दिन सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १७६५ रुपैयाँ कायम भएको थियो ।