काठमाडौं, २५ भदौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २०० रुपैयाँ बढेको हो ।
सुन तोलामा २०० रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ । यसको अघिललो दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यस दिन चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा दश रुपैयाँ बढेर प्रतितोला १ हजार ७६५ रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदीको मूल्य तोलामा पााच रुपैयाँले १ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो ।