काठमाडौं, २४ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ६२ अङ्कले घटेको छ । आज नेप्से परिसुचक ४ दशमलव ६२ अङ्कले घटेर २१ सय ३६ दशमलव ३५ को विन्दुमा बन्द भएको छ ।
आज १ करोड ४ लाख ७५हजार १८१ कित्ता शेयर ५९ हजार ९७४ पटक किनबेच हुँदा कुल ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँको कारोबार भएको छ । यस दिन ३२४ धितोपत्रको कारोबार हुँदा १४१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९५ धितोपत्रको मूल्य बढेको छ भने १० वटा धितोपत्रको मूल्य स्थिर छ ।
सोमबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० समूहको उपसूचक घट्दा ३ समूहको उपसूचक बढेको छ । आज सबैभन्दा बढी होटल एन्ड टुरिजम समूहको उपसूचक ०.९५ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार समूहको ०.८२, जीवन बीमाको ०.६२, हाइड्रोपावरको ०.३९, विकास बैंकको ०.३६, निर्जीवन बीमाको ०.३३, लगानी समूहको ०.२९, बैंकिङ समूहको ०.१८, उत्पादनमुलक समूहको ०.१५र अन्य समूहको उपसूचक ०.५४ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी लघुवित्त समूहको उपसूचक ०.९२ प्रतिशतले बढेको छ । त्यस्तै म्युचुअल फन्डको ०.४२ र फाइनान्स समूहको उपसूचक ०.२६ प्रतिशतले बढेको छ ।
आइतबार कारेबारमा आएका धितोपत्रमध्ये समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ । त्यस्तै ११ प्रतिशत एनआइसी एसिया डिबेन्चर २८८२÷८३ को ६.०१, सिन्धु विकास बैंकको ५.१६, डोर्डी खोला जलविद्युत कम्पनीको ५.०३, एनआइसी एसिया फ्लेक्सी सिएपी फन्डको ४.७५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये आज सबैभन्दा बढी मैलुङ खोला जलविद्युत कम्पनीको ८.३९ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै अंकु खोला जलविद्युत कम्पनीको ४.२७, १० % लक्ष्मी बैंक डिबेन्चर २०८६ को ३.९५, १० % सिटिजन्स बैंक डिबेन्चर २०९० को ३.९१ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३.९० प्रतिशतले घटेको छ ।