एमालेका सांसद मैनालीले मागे गृहमन्त्री लामिछानेको राजीनामा

अनलाइनसमय |
२५ असार २०८१
एमालेका सांसद मैनालीले मागे गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं, २४ असार । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाढी, पहिरो र डुबानलगायत प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको र कार्ययोजना बनाएर काम गर्न नसकेको भन्द राजीनामा माग गरेका हुन् ।

पछिल्लो एक महिनामा प्राकृतिक प्रकोपमा परी ६७ जना मानिसको मृत्यु भएको र कैयौं घाइते भएको भन्दै मैनालीले निःशुल्क स्वास्थ्य उपचारको माग गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस