काठमाडौं, १८ असार । मंगलबार दुईपटकसम्म सर्किट ब्रेक लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कारोबारको अन्तिममा ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसुचक ४७ दशमलव ०४ अङ्कले बढेर २१ सय दशमलव ०३ को विन्दुमा बन्द भएको छ ।
मंगलबार कारोबार सुरु भएको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको नेप्से फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु)ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो त्यसपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक (५ प्रतिशत) बढेको थियो ।
आज शेयर बजारमा अगानीकर्ताको उत्साह देखिए सँगै कारोबार रकममा पनि केहि सुधार देखिएको छ । नेप्सेका अनुसार आज आज १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर ६० हजार ७२२ पटक किनबेच हुँदा कुल ४ अर्ब ५७ करोड ६८ लाख ३१ ह्जार ७२० रुपैयाँको कारोबार भएको छ । सोमबार २ अर्ब ९९ करोडभन्दा बढीको कारोबार भएको थियो ।
आज ३१५ धितोपत्रको कारोबार हुँदा २२७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १७ धितोपत्रको मूल्य घटेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।
सोमबार कारोबार भएका १३ वटै समूहको उपसूचक बढेको छ । सलगानीकर्ताको सबैभन्न्दा बढी उत्पादनमूलक समूहको उपसूचकमा देखिएको छ । सो समूहको उपसूचक ३.३० प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी हिमालयन डिस्टिलियरी लिमिटेडको शेयर मूल्य ८.५४ प्रतिशतले बढेको छ । त्यस्तै समाज लघुवित्त वित्तीय संस्थाको ६.९६, गुडवील फाइनान्सको ५.७४, नेश्नल हाइड्रोपावरको ५.५१ र सनराइस ब्ल्युचीप फन्डको ५.३६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज उपकार लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी ६.४६ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै हिमालय उर्जा विकास कम्पनीको ६.२१, १०.५ प्रतिशत नेपाल इन्भेस्टमेन्ट डिबेन्चर २०८२ को ३.५१, १०.२५ प्रतिशत, प्रभु डिबेन्चर २०८६ को ३.१८ र विन्द्यावासिनी हाइड्रोपावरको २.१७ प्रतिशतले शेयर मूल्य घटेको छ ।