जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

अनलाइनसमय |
१५ असार २०८१
जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १४ असार । नेकपा एमालेका तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७३ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ ।

भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस