देवदह नगरपालिकाको बजेट डेढ अर्बभन्दा बढी, १० हजारदेखि एक लाखसम्मका खुद्रे योजना

अनलाइनसमय |
११ असार २०८१
देवदह नगरपालिकाको बजेट डेढ अर्बभन्दा बढी, १० हजारदेखि एक लाखसम्मका खुद्रे योजना

काठमाडौं, १० असार । रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२को लागि डेढ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ । नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले सोमबार नगरसभाको दोस्रो बैठकमा १ अर्ब ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँको बजेट पेस गरेकी हुन् ।

न्गरपालिकाले ल्याएको बजेटको अधिकांश हिस्सा अनुत्पादक र टुक्रे योजनामा छुट्याइएको छ । जसमा १० हजारदेखि एक लाखसम्मका योजना समावेश छन् ।

नगरपालिकाले आगामी आवको बजेटको आकारमा १८ करोड रूपैयाँ वृद्धि गरेको छ । चालू आवका लागि नगरपालिकाले १ अर्ब ३२ करोडको बजेट विनियोजन गरेको थियो ।

नगरपालिकाले ल्याएको बजेटमा आर्थिक विकासतर्फ २ करोड ७८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै नगर प्रमुख र उपप्रमुख सम्बोधित कार्यक्रमलाई एक–एक करोड विनियोजन गरिएको छ । जसमा नगर प्रमुख सम्बोधित कार्यक्रम शिर्षकमा ५० लाख राखिएको छ भने सोही अन्तरगत मागको आधारमा पूर्वाधार विकास कार्यक्रम शिर्षकमा ५० लाख छुट्याइएको छ ।

यस्तै उपप्रमुख सम्बोधित कार्यक्रम शीर्षकमा ३० लाख र सोही अन्तरगत मागको आधारमा पूर्वाधार विकास कार्यक्रम शीर्षकमा ७० लाख रुपैया विनियोजन गरिएको छ । साथै नगर प्रमुख उद्यमी कार्यक्रम शीर्षकमा ५० लाख र नगर उपप्रमुखसंग महिला कार्यक्रमा शिर्षकमा २५ लाख छुट्याइएको छ ।

देवदहले आर्थिक वर्ष ०८१÷८२ मा २५ करोड ४६ लाख ८८ हजार ५ सय राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८४० राजश्व बांडफांड मार्फत आम्दानी हुने अनुमान गरिएको छ । बजेटमा संघीय सरकारबाट विभिन्न शीर्षकमा ४० करोड बढी र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस