काठमाडौं, ९ असार । नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक २०८१ राष्ट्रिय सभामा पेस भएको छ ।
आइतबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेस गरेका हुन् ।
उक्त विधेयक ३१ असार २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको थियो ।