काठमाडौं, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधजस्तो मात्रै गरेको प्रतिक्रिया दिएका छन् । भरतपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रम र बजेट राष्ट्र र जनताको पक्षमा आएको बताए ।
उनले भने, ‘नीति कार्यक्रम र बजेट जनता र राष्ट्रको पक्षमा आएको छ । यो प्रतिनिधिसभाबाट पारित पनि हुन्छ । सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा पनि सकारात्मक पहलहरू अगाडि आएका छन् । यो सन्तोषजनक छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीले बजेटप्रति पोखेको असन्तुष्टिमा सत्यता नभएको बताए । ‘उहाँले विरोधजस्तोमात्रै गर्नुभएको हो । साँच्चै ग¥या होइन’, उनले भने । उनले हालको सत्ता समीकरण लामो समयसम्म जाने भएकाले कुनै समस्या नभएको पनि बताए ।
उनले आफूले विगतमा भनेजस्तो राष्ट्र र जनताको अपेक्षाअनुसार नभएको उल्लेख गर्दै अझै गति दिन आवश्यक रहेको बताए । साथै उनले उनले नयाँ समीकरण बनेपछिको सय दिन समग्रमा सन्तोषजनक भएको जिकिर गरे ।