काठमाडौं, ३१ जेठ । आईसीसी टी२० विश्वकप–२०२४ अन्तर्गत समूह सीको वेष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर–८मा प्रवेश गरेको छ । ब्रेन लारा मैदानमा बिहीबार बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले हराउँदै वेष्टइन्डिज सुपर–८ मा प्रवेश गरेको हो ।
१५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ९ विकेट गुमाएर १३६ रन बनाएको थियो । न्यूजिल्याण्डका ग्लेन फिलिप्सले ४०, फिन एलेनले २६, ड्यारिल मिचेलले १२, रचिन रवीन्द्र र जेम्श निसमले १०÷१०, ट्रेन्ट बोल्टले ७ तथा डेभोन कोन्वेले ५ रन बनाएर आउट भए ।
यस्तै वेष्टइन्डिजका अल्जारी जोसेफले ४, गुडाकेश मोतीले ३ तथा अकिल हुसैन र आन्द्रे रसेलले एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले शेरफेन रदफोर्डको अर्धशतक मद्दतमा १४९ रन बनाएको हो ।
अन्य ब्याटर निकोलस पुरनले १७, अकिल हुसैनले १५, आन्द्रे रसेलले १४, रोमारियो शेफर्डले १३, ब्रेन्डन किंगले ९ र अल्जारी जोसेफले ६ रन बनाएर आउट भए ।
न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, टिम साउथी र लोकी फर्गुसनले दुई तथा जेम्स नीशाम र मिचेल स्यान्टनरले एक÷एक विकेट लिए ।
यसअघि भएका खेलमा वेष्टइन्डिजले युगान्डा र पपुवा न्युगिनीलाई पराजित गरेको थियो । समूह सीबाट सुपर–८ मा पुग्ने अर्को टोलीको भने टुंगो लाग्न बाँकी छ ।
यो समूहमा दुई खेलबाट ४ अंकका साथ अफगानिस्तान दोस्रो, तीन खेलबाट २ अंक जोडेको युगान्डा तेस्रो स्थानमा र दुई÷दुई खेल खेलर अंक जोड्न नसकेका पपुवा न्यूगिनी र न्यूजिल्याण्ड क्रमशः चौथो र पाँचौ स्थानमा रहेका छन् ।