रास्वपाको दोस्रो वार्षिकोत्सव: वृक्षारोपण देखि चियापानसम्मको साताव्यापीे कार्यक्रम

अनलाइनसमय |
२८ जेठ २०८१
रास्वपाको दोस्रो वार्षिकोत्सव: वृक्षारोपण देखि चियापानसम्मको साताव्यापीे कार्यक्रम

काठमाडौं, २८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपाले साताव्यापीे कार्यक्रम गर्ने भएको छ । असार १ गतेदेखि ७ गतेसम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने र ७ गते केन्द्रमा पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको रास्वपाले जनाएको छ । असार ७ गते रास्वपा गठन भएको दुई वर्ष पुग्दैछ ।

सोही दिन राजनीतिक दलका नेता, प्रबुद्ध वर्गलगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले भने, ’स्थापना दिवसका अवसरमा असार १ गतेदेखि हालै निर्माण सम्पन्न भएका र निर्माणाधीन भौतिक पूर्वाधारका योजनाको अनुगमनका साथै रक्तदान, सरसफाइ, वृक्षरोपण र मैत्रीपूर्ण खेलकुदजस्ता कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।’

साथै पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले सञ्चार माध्यमका सम्पादकहरुलाई छुट्टै आमन्त्रण गर्ने भएको छ । सम्पादकसँग पार्टी नेतृत्वले छुट्टै चियापानसहितको छुट्टै कार्यक्रम बनाएको बुर्लाकोटीले जानकारी गराए । ७ असारको बिहान वा अघिल्लो दिन सम्पादकसँग अनौपचारिक संवाद गरिने उनले जानकारी गराए ।

साथै प्रदेश, जिल्ला, पालिका, वडा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन केन्द्रले परिपत्र गरेको छ ।

उक्त साताव्यापी कार्यक्रमअनुसार पार्टीले असार १ गतेदेखि हालसालै निर्माण सम्पन्न र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाहरुको अनुगमन गर्ने भएको छ । त्यस्तै ५ गते रक्तदान कार्यक्रम, सार्वजनिक स्थलहरुको सरसफाइ, ६ गते वृक्षारोपण कार्यक्रम राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस