नेपालीले विदेशमा ५४.४६ अर्ब खर्चिँदा विदेशीले भने नेपालमा २५ अर्ब मात्रै खर्च गरे

अनलाइनसमय |
१३ मंसिर २०८३
नेपालीले विदेशमा ५४.४६ अर्ब खर्चिँदा विदेशीले भने नेपालमा २५ अर्ब मात्रै खर्च गरे

काठमाडौं, १३ मंसिर । पछिल्लो एक वर्ष अवधिमा विदेशी पर्यटकले नेपालमा गर्ने खर्च ३२ दशमलव ७ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८३/८४ को असोजसम्ममा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय बढेर २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत आवको तीन महिनामा विदेशीले नेपालमा गरेको खर्च १९ अर्ब २३ करोड रुपैयाँ थियो ।

यता चालू आवको तीन महिनामा नेपालीले भने वैदेशिक भ्रमणमा साढे ५० अर्बभन्दा बढी खर्च गरेका छन् । राष्ट्र बैंकका अनुसार नेपालीले विदेश भ्रमणमा ५४ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा भने १५ दशमलव ७ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा यस्तो खर्च ६४ अर्ब ५९ करोड थियो ।

कुल भ्रमण खर्चमध्ये शिक्षातर्पmको खर्च ३६ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय १९ अर्ब ५५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३२ अर्ब २७ करोडले घाटामा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस