यी स्थानमा वर्षा र हिमपातको सम्भावना

अनलाइनसमय |
१३ मंसिर २०८३
यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १३ मंसिर । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली क्षेत्रमा साथै कोशी ,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । देशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू–भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस