काठमाडौं, १० मंसिर । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव ८९ अंकले घटेर दुई हजार ६३६ दशमलव ७५ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।
आज ८६ धितोपत्रको शेयर मूल्य बढ्दा १७९ को घटेको छ । यस्तै १५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५५ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार लगानी शून्य दशमलव ७२ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार समूह सर्वाधिक १ दशमलव ५२ प्रतिशतले घटेको छ ।
आज यूनिक नेपाल लघुवित्त ४ दशमव ८८, लक्ष्मी उन्नती कोष ४, गाडियन माइक्रो लाइफ इन्सुरेन्स ३ दशमलव ९८ र एनआइसी एशिया सेलेक्ट फण्ड ३० को शेयर मूल्य ३ दशमलव ८२ प्रतिशतले बढेको छ ।
यसदिन एलएस होरिजोन (१२) ४ दशमलव ७६, एभरेष्ट कलर ४ दशमलव ६०, स्ट्यान्डर्ड चार्टर्ड बैंक ३ दशमलव ४८ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ३ दशमलव ४१ प्रतिशतले घटेको छ ।