दानबहादुर कार्कीले दायर गरेको रिटमा भएन सुनुवाइ

अनलाइनसमय |
७ मंसिर २०८३
दानबहादुर कार्कीले दायर गरेको रिटमा भएन सुनुवाइ

काठमाडौं, ७ मंसिर । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

आज अन्तरिम आदेशबारेको निर्णयका लागि हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुबै पक्षबाट बहस हुने तय भए पनि मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

यसअघि सर्वोच्च अदालतले नै प्रहरी महानिरीक्षक डा. केसीलाई म्याद बुझाउन गएको थियो । तर, उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो ।

त्यसपछि दानबहादुर केसीले नै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । जुन निवेदनको आधारमा अदालतले त्रुटि सच्याउँदै ‘बढुवा गरिएको प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी’ रहेको भन्दै निवेदन र आदेश सच्याइएको थियो ।

त्यसपछि म्याद बुझाउने कार्य रहेकाले सुनुवाइ स्थगित भएको हो । सर्वोच्चले अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस