स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशको मंसिरमा गर्न आयोगको प्रस्ताव

अनलाइनसमय |
४ मंसिर २०८३
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशको मंसिरमा गर्न आयोगको प्रस्ताव

काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभाको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले उक्त समयतालिका प्रस्ताव गरेको हो ।

आयोगले गरेको प्रस्तावमा दलका नेताहरूले आ–आफ्ना धारणा राखेका छन् । यसअघि ३० वैशाख २०७९ मा स्थानीय तह तथा ४ मंसिर २०७९मा प्रदेशसभाको चुनाव भएको थियो ।

गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । त्यसअनुसार अघिल्लो निर्वाचनबाट चुनिएका स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल आगामी २०८४ वैशाख ३० मा सकिँदैछ । कार्यकाल सकिन अब करिब पाँच महिना मात्र बाँकी रहेको पृष्ठभूमिमा निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस