काठमाडौं, ३ मंसिर । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको को छ । आज सुन प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ३ हजार ३३५ रुपैयाँ कायम भएको छ । हिजो प्रतितोल ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।