काठमाडौं, २३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका छन् । उनले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मोदी मन्त्रिपरिषद्को बुधबार बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।
मोदीको सत्ताधारी गठबन्धनले चुनावमा स्पष्ट बहुमत पाए पनि भाजपाले भने बहुमत पाएको छैन ।लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ । यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो । भाजपा नेतृत्वको गठबन्धन एनडीएले प्राप्त गरेको २९२ सिटको आधारमा बहुमत जुटाउने कसरत भइरहेको छ ।