काठमाडौं, १९ कात्तिक । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् ।
बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् ।
सरकारले बुधबार कार्कीलाई आईजीपीबाट अकस्मात हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहाकार नियुक्त गरेको थियो भने एआइजी मनोज केसीलाई आईजीपी नियुक्त गरेको थियो ।
कार्कीको उनको रिट दर्ता प्रक्रियामा रहेको छ । उनले निवेदनमा आफूलाई गैरकानुनी हिसाबले पदमुक्त गरिएको र पदमा पुर्नबहालीको माग गरेका छन् ।
कार्कीको कार्यकाल अझै १७ महिना बाँकी थियो। सरकारले केसीलाई जिम्मेवारी दिएपछि बुधबार नै कार्यभार सम्हालिसकेका छन् ।