प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिस्रीको भेट

अनलाइनसमय |
१९ कार्तिक २०८३
प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिस्रीको भेट

काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री बालेन शाहसँग भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा जारी भेटवार्तामा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीबारे छलफल भइरहेको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी बुधबार नेपाल आएका थिए । नेपाल आएसँगै उनले प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका लागि विभिन्न पक्षसँग विचारविमर्श गरेका थिए । सोही क्रममा आज बालेनसँगको भेटमा पनि भारत भ्रमणको एजेण्डा तथा त्यसको तयारीबारे केन्द्रीय रहेर कुराकानी भएको बताइएको छ ।

नेपाल भ्रमण सम्पन्न गरी मिस्री आजै नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस