राष्ट्र बैंकले भोलि र पर्सी सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने

अनलाइनसमय |
१८ कार्तिक २०८३
राष्ट्र बैंकले भोलि र पर्सी सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने

काठमाडौं, १८ कात्तिक । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकले तिहारका लागि भोलि कार्तिक १९ र पर्सी २० गते २.५ ग्रामका सुनका असर्फी र १० ग्राम तौल भएका चाँदीका सिक्का बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले चाँदीको लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप भएको सिक्का (मेडालियन) बिक्री गर्ने जनाएको छ ।

प्रतिव्यक्ति २.५ ग्राम तौलको सुनको असर्फी १ थान तथा १० ग्राम तौलका चाँदीका मेडालियन (लक्ष्मी र गणेश अङ्कित) १/१ थान गरी बढीमा दुई थान मात्र खरिद गर्न पाइनेछ ।

असर्फी तथा मेडालियन खरिद गर्न चाहनेहरूले आफ्नो नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा सो कागजातको नम्बर उल्लेख भएको अन्य कुनै आधिकारिक प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा राखी स्वयं उपस्थित हुनुपर्नेछ । खरिदकर्ताले असर्फी तथा मेडालियनको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सक्नेछन् ।

सुन तथा चाँदीको दैनिक बजार मूल्यका आधारमा असर्फी र मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि मात्र निर्धारण हुनेछ । मूल्य निर्धारण भएपश्चात् मात्र बिक्री कार्य सुचारु हुने राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस