माधव नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ७३ करोड बिगो दाबी

अनलाइनसमय |
१७ कार्तिक २०८३
माधव नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ७३ करोड बिगो दाबी

काठमाडौं, १७ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नेपालसहितका प्रतिवादीविरुद्ध करिब पाँच सय पृष्ठ लामो अभियोगपत्र अदालतमा पेस गरेको हो । सार्वजनिक जग्गा गैरकानुनी रूपमा छुट दर्ता गराई भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

यस प्रकरणमा माधवकुमार नेपालविरुद्ध मात्रै ७३ करोड ४९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । अख्तियारका अनुसार विराटनगर आसपासको सार्वजनिक जग्गा छुट दर्ता गर्ने क्रममा अनियमितता भएको हो ।

२०६६ मंसिर १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिले जग्गा प्राप्त गरेको विषयमा सरकारी सम्पत्तिमा हानिनोक्सानी पुगेको अख्तियारको दाबी छ ।

विशेष अदालतमा पेस गरिएको अभियोगपत्र अहिले रुजु गर्ने प्रक्रियामा रहेको छ । अदालत स्रोतका अनुसार मुद्दा दर्ताको प्रक्रिया अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस