[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

अनलाइनसमय |
१३ कार्तिक २०८३
नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

काठमाडौं, १२ कात्तिक । नेपाल बैंक लिमिटेडले विशेष छुट सुबिधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औं बार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो ।

उक्त घर कर्जा योजना अन्र्तगत ग्राहकले घर खरीद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । आधार दरमा शुन्य दशमलव पाँच प्रतिशत, प्रिमियम ब्याजदरबाट प्रारम्भ हुने यो कर्जाको अवधि अधिकतम २५ बर्ष सम्म हुनेछ, जसमा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ ।

यो कर्जा लिने ग्राहकले बैंकबाट ५ लाख रुपैयाँसम्मको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा र लकर सुविधाको बार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यो घर कर्जा सुविधा योजनाको अवधि २०८३ कार्तिक १५ गते देखि २०८३ माघ १५ सम्म जम्मा ९० दिन सम्मका लागि रहने छ । नेपाल बैंक लिमिटेड यहि कार्तिक ३० गते सोमबार ९० औं बर्षमा प्रवेश गर्दैछ ।

नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालभर २३१ शाखाहरु, २५० ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पु¥याईरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस