काठमाडौं, १० कात्तिक । भक्तपुरको कौशलटारमा यात्रुवाहक बसमा आगलागी भएको छ । बसको पछाडिबाट अचानक धुवाँ निस्किएपछि प्रहरीले तत्कालै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको हो ।
भक्तपुर प्रहरीका अनुसार घटनामा सबै यात्रु सकुशल रहेका छन् । हाल बसमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
बसमा आगलागी हुनुको कारणबारे भने थप विवरण आउन बाँकी छ ।