काठमाडौं, २० असोज । नेपाली कांग्रेसको इतर पक्षबाट संस्थापन पक्षमा फर्किएका केही नेताहरूले पार्टीका १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने तयारी थालेका छन् ।
संस्थापन पक्षमा फर्किएका मध्ये नेता मीन विश्वकर्माले महामन्त्री पदमा र रामहरि खतिवडाले खुलातर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
अर्का नेता श्याम घिमिरेले भने केन्द्रीय सदस्य खुलातर्फबाट उम्मेदवारी दिने तयारी गरेका छन् । इतर पक्षबाट संस्थापनमा फर्किएका नेताहरूले महाधिवेशनमा आ–आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेसँगै कांग्रेसभित्र नेतृत्व चयनको तयारीसमेत तीव्र हुँदै गएको छ ।