कस्तो रहला आज दिनभरको मौसम ?

अनलाइनसमय |
१९ असोज २०८३
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, १९ असोज । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू –भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया तथा बाँकी भू–भागमा आंशिक बादल लागेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भईरहेको छ ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी भू–भागका थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ । त्यस्तै, मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी, आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भु–भाग र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस