काठमाडौं, १८ असोज । नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई आगामी भूमिकाबारे विशेष निर्देशन दिने जनाइएको हो ।
बैठकमा पछिल्लो संसद् अधिवेशनमा एमालेले निर्वाह गरेको भूमिका तथा संसद्का गतिविधिबारे समीक्षा गरिनेछ । साथै आगामी दिनमा सांसद र पार्टी नेतृत्वले अपनाउनुपर्ने रणनीति र भूमिकाबारे पनि छलफल हुने एमालेले जनाएको छ ।