कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
१६ असोज २०८३
कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

काठमाडौं, १६ असोज । यस साताको कारोबार अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ९० अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५८७ दशमलव २५ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन परिसूचक शून्य दशमलव ६६ अङ्कले बढेर २,५९९ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । शुक्रबार ४ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड १९ लाख १२ हजार ५५० कित्ता शेयर ४३ हजार ६८५ पटक किनबेच भएको छ ।

शुक्रबार ३५६ धितोपत्र कारोबारमा आए, जसमध्ये २०७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६१ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये व्यापार र म्युचुअल फण्ड समूहको उपसूचक बढ्दा बाँकी सबैको घटेको छ । यस दिन उत्पादनमुलक समूहको उपसूचक शून्य दशमलव ७३ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावरको ०.६४, होटल एण्ड टुरिजमको ०.५२, लगानी समूहको ०.४९, माइक्रोफाइनान्सको ०.४१ र बैंकिङ समूहको उपसूचक ०.३६ प्रतिशतले घटेको छ ।

शुक्रबार एनएमबी डिबेन्चर १०.७५ प्रतिशत २०८९९० को शेयर मूल्य सबैभन्दा धेरै १४.२९ प्रतिशतले बढेको छ । त्यस्तै, माण्डु हाइड्रोपावरको ५.४५, लक्ष्मी उन्नती कोषको ४.६२ र एभरेष्ट बैंकको २.९९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ८.५५ प्रतिशतले घटेको छ । त्यस्तै, धौलागिरी लघुवित्तको ४.९५, मुक्तिनाथ कृषि कम्पनीको ४.३६, अपोल्लो हाइड्रोपावरको ४.२४ र सभोतम् पेन्ट्स्को ४.४.१४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस