देशको गोप्य सूचना बेच्नेको जानकारी दिन कांग्रेसले माग्यो सभामुखको रुलिङ

अनलाइनसमय |
२२ जेठ २०८१
देशको गोप्य सूचना बेच्नेको जानकारी दिन कांग्रेसले माग्यो सभामुखको रुलिङ

काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विक्री गर्ने व्यक्तिको विस्तृत जानकारी दिन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी माग गरेका हुन् । यस विषयमा उनले सभामुखलाई रुलिङ गर्न ध्यानाकर्षण गरेका हुन् ।

सांसद केसीले भने, ‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो । त्यो पनि सभामुखज्यूलाई साक्षी राखेर भन्नुभयो । यो अत्यन्तै गम्भीर कुरा हो, यो केवल आन्तरिक मामिलासँग मात्र सम्बन्धित छैन, यही संसदमा गोप्य सूचना बेच्ने मान्छे छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने कुरा अत्यन्तै गम्भीर कुरा हो । नेपाली जनता हेर्न चाहन्छन् को रहेछ त्यो देशको गोप्य सूचना बेच्ने ? यसको जानकारी चाहियो । कहिले, कहाँ, कसरी, कति मूल्यमा देशको सूचना बेचियो ?’

सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीले भनेकोले गृहमन्त्रीको स्पष्ट धारणा माग गरेकोे बताए । उनले भने, ‘कहिले कहाँ कसरी कति मूल्यमा बेचिएको रहेछ । सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीको स्पष्ट धारणा चाहियो । त्यसकारण रुलिङ हुनुप¥यो ।’

यही जेठ ६ मा गृहमन्त्री लामिछानेले प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा विदेशीलाई नेपालका सूचना बेच्ने व्यक्ति संसदिभत्र रहेको र तिनलाई सदनबाट निकाल्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस