भोलिदेखि संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

अनलाइनसमय |
१५ असोज २०८३
भोलिदेखि संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, १५ असोज । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गते राति १२ बजेदेखि देखि अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ । यसअनुसार सरकारबाट अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।

संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ सालदेखि सुरु भएको थियो । अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो ।

त्यस्तै, अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् । यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भए ।

स्वीकृत अध्यादेशहरूले संशोधन गरेका विषय समेटेर अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा आएर पास भएर ऐनमा रूपान्तरित भएका छन् ।

प्रतिनिधि सभामा हाल दस वटाभन्दा बढी विधेयक भने विभिन्न चरणमा समितिहरूमा विचाराधीन छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस