casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जापानी इन्सेफलाइटिसबाट २६ को मृत्यु, १२१ जनामा संक्रमण पुष्टि

अनलाइनसमय |
३१ भदौ २०८३
जापानी इन्सेफलाइटिसबाट २६ को मृत्यु, १२१ जनामा संक्रमण पुष्टि

काठमाडौं, ३१ भदौ । नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार देशका १६ जिल्लामा २६ जनाको ज्यान गइसकेको छ । त्यस्तै, देशका ७ वटै प्रदेशका ३६ जिल्ला ८४ पालिकामा १२१ जनामा यो सङ्mमण पुष्टि भएको छ ।

हालै रोल्पा र तनहुँमा थप दुई जनाको मृत्यु भएको छ भने पछिल्लो तीन दिनमा चार नयाँ बिरामी थपिएका छन् । हाल ५६ जना बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।

मृत्यु हुनेहरूमा १२ पुरुष र १४ महिला रहेका छन् । स्वास्थ्य तथ्याङ्क अनुसार जापानी इन्सेफलाइटिस पुष्टि भएकामध्ये ८५ प्रतिशत बिरामी खोप नलगाएका व्यक्तिहरू रहेका छन् । अझ गम्भीर कुरा त के छ भने, मृत्यु भएका २६ जना (१०० प्रतिशत ) नै खोप नलागाएका व्यक्तिहरू थिए । कुल मृत्युमध्ये ७७ प्रतिशत भन्दा बढी ५० वर्षभन्दा माथिल्लो उमेर समूहका व्यक्तिहरू रहेका छन् ।

पूर्वबाट सुरु भएको यो संक्रमण हाल देशका विभिन्न भागमा फैलिसकेको छ । कुल केसहरूमध्ये ८५ प्रतिशत तराईका जिल्लाहरूमा फेला परेका छन् । धान खेती गर्ने र सुँगुर र बाँगुर पालन गर्ने क्षेत्र वरपर बस्ने मानिसहरू यसको उच्च जोखिममा परेका छन् । संक्रमित बिरामीमध्ये ५३ प्रतिशत कृषि पेसामा आवद्ध छन् ।

क्यूलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय हो । सरकारले बालबालिकालाई १२ महिनाको उमेरमा यो खोप दिने गर्छ, जुन छुटेमा ५ वर्षसम्म लगाउन सकिन्छ । स्वास्थ्य महाशाखाले कडा टाउको दुख्ने, तीव्र ज्वरो आउने वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun