सरकारकै नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद्द्वारा बजेट क्यालेन्डरको माग

अनलाइनसमय |
२१ जेठ २०८१
सरकारकै नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद्द्वारा बजेट क्यालेन्डरको माग

काठमाडौं, २१ जेठ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अर्थमन्त्री वर्षमान पुनसँग बजेट क्यालेन्डर माग गरेका छन् । सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सांसद सापकोटाले क्यालेन्डर नै बनाएर बजेट कार्यान्वयनमा जान नसके प्रतिफल दिन नसक्ने बताए । उनले भने, ‘बजेट क्यालेन्डर एउटा निर्माण गरेर काम नगर्ने हो भने असारे विकास भनेर हामी जे चर्चा गरिरहेका छौं। त्यसको पुनरावृति हुने खतरा उत्तिकै छ ।’

यस्तै उनले काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गर्ने गरी बजेट क्यालेन्डर बन्नुपर्नेसुझाव दिए । उनले भने, सांसद सापकोटा थप्छन्, ‘ठेक्का लगाउने कार्यालय, बजेट म्यानेर उहाँहरु सबैले राम्रोसँग अनुगमन र जवाफदेही भएर काम गरे पनि तलब पाक्ने, हुने नहुने जस्तो पनि छ । काम गरे पुरस्किृत हुने काम नगरे दण्डित हुने गरी हामीले बजेट क्यालेन्डर बनाएर जानुपर्ने आवश्यकता म देख्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस