Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एनपीएलको प्रसारण अधिकार हिमालय स्पोर्ट्सलाई

अनलाइनसमय |
२२ भदौ २०८३
एनपीएलको प्रसारण अधिकार हिमालय स्पोर्ट्सलाई

काठमाडौं, २२ भदौ । नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करणको आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी)ले पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार गरेको बोलपत्र प्रक्रियामा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको कीर्तिमानी रकम प्रस्ताव गर्दै प्रसारण अधिकार सुरक्षित गरेको हो ।

करबाहेक हिमालय स्पोर्ट्सको बोली १४ करोड ५६ लाख रुपैयाँ रहेको छ । एनपीएलको प्रसारण अधिकारका लागि यो अहिलेसम्मकै उच्च मूल्य हो ।

हिमालय स्पोर्ट्सले सोमबार जारी गरेको विज्ञप्तिअनुसार प्रस्ताव गरेको रकम अघिल्लो वर्षको प्रसारण अधिकार मूल्यको तुलनामा पाँच गुणाभन्दा बढी हो । त्यस्तै, क्यानले यस वर्षका लागि निर्धारण गरेको न्यूनतम बोलकबोल रकमभन्दा पनि यो रकम झन्डै साढे दुई गुणा बढी रहेको कम्पनीले जनाएको छ ।

प्रसारण अधिकार प्राप्त गरेपछि हिमालय स्पोर्ट्सले एनपीएललाई ठूलो लगानी र अझ व्यापक दर्शकसम्म पुर्‍याउने अवसरका रूपमा लिएको बताएको छ । हिमालय स्पोर्ट्सका अनुसार एनपीएलको बढ्दो व्यावसायिक मूल्यले नेपालमा खेलकुद संघले व्यावसायिक र दिगो प्रतियोगिता निर्माण गर्दा हासिल गर्न सकिने सम्भावनालाई समेत देखाएको छ ।

प्रतियोगिताको व्यावसायिक मूल्य बढ्दै जाँदा त्यसले नेपाली क्रिकेटको समग्र इकोसिस्टमलाई थप बलियो बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ । साथै, यसबाट क्रिकेटमा थप स्रोतसाधन भित्र्याउन तथा खेलाडी र खेलको विकासका लागि नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun