Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१८.०७ अङ्कले बढ्यो नेप्से, करिब ४ अर्बको कारोबार

अनलाइनसमय |
२२ भदौ २०८३
१८.०७ अङ्कले बढ्यो नेप्से, करिब ४ अर्बको कारोबार

काठमाडौं, २२ भदौ । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १८ दशमलव ०७ अंकले बढेर दुई हजार ५६० दशमलव ८४ बिन्दुमा कायम भएको हो ।

आज ९२ लाख ९८ हजार ९४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १९५ धितोपत्रको शेयर मूल्य बढ्दा ७९ को घटेको छ । यस्तै ४ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५२ धितोपत्र कारोबारमा आएका छन् ।

आज पियर इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै गणपति लघुवित्त ७ दशमलव ३५, श्रीनगर एग्रिटेक इन्ड्रस्ट्रीज ६ दशमलव २६, कालिका लघुवित्त ६ दशमलव २२ र सागर डिस्टिलरीको शेयर मूल्य ६ दशमलव २ प्रतिशतले बढेको छ ।

यसदिन सिन्धु विकास बैंक, इमर्जिङ नेपाल र जानकी फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै अपर लोहोरे खोला हाइड्रोपावर १३ दशमलव ३३ र आशा लघुवित्तको शेयर मूल्य ७ दशमलव ३९ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun