फिफाद्वारा एन्फा निलम्बित

अनलाइनसमय |
११ असार २०८३
फिफाद्वारा एन्फा निलम्बित

काठमाढौं, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको जनाएको हो ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार समेत गुमाएको छ ।

निलम्बन अवधिभर नेपालको राष्ट्रिय तथा क्लब टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन ्। साथै फिफा र एएफसीबाट प्राप्त हुने आर्थिक सहयोग, विकास कार्यक्रम तथा तालिममा पनि एन्फा र यसका पदाधिकारीहरू सहभागी हुन नपाउने भएका छन् ।

फिफाले आवश्यक प्रक्रिया पूरा भएमा अर्को फिफा कंग्रेसअघि नै निलम्बन फुकुवा गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस