Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

परराष्ट्र मन्त्री खनाल र चोबीच भेटवार्ता : बाढीपछिको पुनर्निर्माण र जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता

अनलाइनसमय |
२१ भदौ २०८३
परराष्ट्र मन्त्री खनाल र चोबीच भेटवार्ता : बाढीपछिको पुनर्निर्माण र जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं, २१ भदौ । परराष्ट्र मन्त्री शिशिर खनाल र कोरिया गणतन्त्रका परराष्ट्र मन्त्री महामहिम चो ह्युनबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि बेपत्ता दक्षिण कोरियाली नागरिकको खोजी तथा उद्धारका विषयमा पनि गम्भीर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा मद्दतका लागि अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकामा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरे। साथै उनले बाढीपीडितका कोरिया सरकारबाट मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराइएकामा पनि धन्यवाद ज्ञापन गरे ।

May be an image of one or more people, the Oval Office and text

विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपद्मा कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने र यसमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे ।

ह्युनले विपद्पछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्न कोरिया गणतन्त्र सरकार इच्छुक रहेको बताए । जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरूमा भएको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका प्रभावहरूबारे कोप जस्ता विश्वव्यापी मञ्चहरूमा अन्य देशहरूलाई सचेत गराउन नेपाल र कोरियाले हातेमालो गरेर काम गर्नुपर्ने बताए । नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने वित्तीय सहयोगका सम्बन्धमा कोरिया गणतन्त्रले पनि आवाज उठाउने उनले बताए ।

May be an image of text that says 'レ OF'

नेपाल र दक्षिण कोरियाबिच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य जारी छ । पछिल्लो विपद्मा कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबिचको मित्रता र ऐक्यबद्धतालाई थप सुदृढ बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun