काठमाडौं, १८ भदौ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उलेख्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १४५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।