काठमाडौं, १६ भदौ । नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ ।
डा. हरिहरदेव पन्त फाउन्डेशनद्घारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको एघारौं वार्षिक पुण्य स्मृति दिवश पारेर २०८३ भदौ २१ गते आइतबार आशीष ज्ञवाली लाई प्रदान गरिने भएको हो ।
जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । यस फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश ः नेपाल आर्थिक पत्रकार समाज (सेजन), श्री गोकर्ण अवस्थी, श्री विष्णु बेल्वासे, श्री एलिजा उप्रेती, श्री ममता थापा, श्री बिजय राज खनाल, श्री यज्ञ बञ्जाडे, श्री कृष्ण रिजाल तथा श्री यादव हुमागाई लाई प्रदान गरिएको थियो ।
पत्रकारितामार्फत देशको सर्वाङ्गीण विकासका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा पत्रकारलाई सम्मान गरिदै आएको छ । साथै फाउन्डेशनद्धारा संचालित डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रम अन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा संघ संस्थाहरु मध्येबाट यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कारका लागि विगत बीस वर्षभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएकाका लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई पुरस्कार स्वरुप एक लाख रुपैयाँसहित सम्मान—पत्र प्रदान गर्ने निर्णय गरिएको हो ।
यस फाउण्डेशनले २०७४ साल देखि आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । उक्त पुरस्कार २०८३ भदौ २१ गते आइतबार पत्रकार आशीष ज्ञवालीलाई प्रदान गरिने कार्यक्रम रहेको छ ।