काठमाडौं, १६ भदौ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव २४ अंकले बढेर दुई हजार ५२२ दशमलव ६६ बिन्दुमा कायम भएको हो ।
आज ७६ लाख १३ हजार ६८१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९० करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १८१ धितोपत्रको शेयर मूल्य बढ्दा ८४ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४१ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार उत्पादन तथा प्रशोधन १ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक बढेको छ । यसदिन हाइड्रोपावर समूह सर्वाधिक १ दशमलव ०१ प्रतिशतले घटेको छ ।
मंगलबार माथिल्लो मेलुङ खोला जलविद्युत् ७ दशमलव १५, एमबीएल इक्वीटि फण्ड ५ दशमलव ८८, इमर्जिङ नेपाल ४ दशमलव ८५, संजेल जलविद्युतको को शेयर मूल्य ३ दशमलव ८१ प्रतिशतले बढको छ ।
यसदिन उपकार लघुवित्त ८ दशमलव ४८, हिमालयन एभरेष्ट इन्सुरेन्स प्रमोटर ५ दशमलव ६३, घोराही सिमेन्ट इन्ड्रस्ट्रीज ५ दशमलव ५३, सीवाइसी लघुवित्त ५ दशमलव ३९ र भगवती हाइड्रोपावर डेभलवमेन्टको शेयर मूल्य ५ दशमलव २७ प्रतिशतले घटेको छ ।