बाढीपहिरो पीडितका लागि केआईईसीले गर्‍यो साढे १५ लाख रुपैयाँ सहयोग

अनलाइनसमय |
१५ भदौ २०८३
बाढीपहिरो पीडितका लागि केआईईसीले गर्‍यो साढे १५ लाख रुपैयाँ सहयोग

काठमाडौं, १५ भदौ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि केआईईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा आएको आकस्मिक बाढी र लेदोसहितको पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै केआईईसीले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ । कम्पनीका अनुसार मुख्य कार्यालयसहित देशभरका शाखाहरूको संयुक्त पहल तथा योगदानबाट सहयोग रकम संकलन गरिएको हो ।

विपद्का कारण प्रभावित क्षेत्रमा खाद्यान्न अभाव र स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै संस्थाले आर्थिक सहयोगसँगै अन्य राहत गतिविधिसमेत अघि बढाएको जनाएको छ ।

केआईईसीका अनुसार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरूले रक्तदान कार्यक्रममा सहभागिता जनाउनुका साथै प्रभावितका लागि आवश्यक सामग्री संकलन गरी सम्बन्धित निकायमार्फत वितरण गर्ने कामसमेत गरिरहेका छन् ।

सरकारबाट सञ्चालन भइरहेका उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा संस्थागत क्षेत्रबाट समेत सहयोग पु¥याउने उद्देश्यले कोषमा रकम प्रदान गरिएको केआईईसीको भनाइ छ ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा घरबारविहीन प्रभावितको सुरक्षित पुनःस्थापनाको कामना पनि संस्थाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस