भोटेकोशी बाढी प्रभावित क्षेत्रका कोरियामा रहेका नेपालीलाई विवरण बुझाउन दूतावासको आग्रह

अनलाइनसमय |
१५ भदौ २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रका कोरियामा रहेका नेपालीलाई विवरण बुझाउन दूतावासको आग्रह

काठमाडौं, १५ भदौ । दक्षिण कोरियास्थित नेपाली दूतावासले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भई तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

दूतावासले सूचना जारी गर्दै अनुसार गत भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भई तत्काल नेपाल फर्किनुपर्ने रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला स्थायी ठेगाना भएका नेपाली नागरिकहरूलाई सम्पर्कमा आउन आह्वान गरिएको हो ।

विशेष गरी स्वदेश फर्कनै पर्ने अवस्था भए पनि कार्यरत कम्पनीबाट विदा वा अनुमति प्राप्त नसकेका नेपाली नागरिकहरूका लागि आवश्यक समन्वय र सहजीकरण गर्न विवरण माग गरिएको दूतावासले जनाएको छ ।

प्रभावित नेपालीहरूले आफ्नो पूरा नाम, नेपालको स्थायी ठेगाना, टेलिफोन नम्बर, पासपोर्ट नम्बर, एआरसी नम्बर तथा कार्यरत कम्पनीको म्यानेजरको सम्पर्क नम्बर र ईमेल ठेगानासहितको विवरण उपलब्ध गराउन दूतावासले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस