काठमाडौं, ११ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो । सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ ।
तोकिएको वैकल्पिक मार्गअनुसार गोसाइँकुण्डबाट सूर्यकुण्ड पास–फेदी–घोप्टेभीर÷म्युजियम–टालु–सिस्पु–घ्याङफेदी–समुन्द्रटार–चौघडा–थानसिङ हुँदै काठमाडौं फर्कन सकिने जनाइएको छ । दुप्चेश्वरबाट समेत यही मार्ग हुँदै काठमाडौं जोडिन सकिन्छ ।