नेपालमा आएको बाढीप्रति इरानी राजदूतद्वारा दुःख व्यक्त

अनलाइनसमय |
११ भदौ २०८३
नेपालमा आएको बाढीप्रति इरानी राजदूतद्वारा दुःख व्यक्त

काठमाडौं, ११ भदौ । भारतका लागि इस्लामिक गणतन्त्र इरानका राजदूत तथा नेपालका लागि गैरआवासीय राजदूत डा. मोहम्मद फतालीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले बाढीका कारण नेपाल र अन्य देशका नागरिकको ज्यान गएको तथा धेरै मानिस अझै बेपत्ता रहेकोप्रति दुःख व्यक्त गरेका हुन् । बेपत्ता हुनेमा भारतीय नागरिकसमेत रहेको उनले उल्लेख गरेका छन् ।

राजदूत फतालीले बाढीबाट प्रभावित नेपाल र भारतका सरकार तथा जनताप्रति समवेदना व्यक्त गर्दै मृतकका परिवारप्रति विशेष सहानुभूति प्रकट गरेका छन् ।

बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी उद्धार तथा खोजी कार्य सफल होस् भन्ने शुभकामना पनि उनले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस