विपत्तिको जुटेर सामना गर्दैछौँ : प्रधानमन्त्री शाह

अनलाइनसमय |
११ भदौ २०८३
विपत्तिको जुटेर सामना गर्दैछौँ : प्रधानमन्त्री शाह

काठमाडौं, ११ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले विपत्तिको घडीमा आम नेपाली एकजुट भएर विपत्तिमा जुटिरहेको बताएका छन् । बिहीबार आफ्नो सामाजिक सञ्जालबाट हालसम्म सरकारले गरेका गतिविधिको जानकारी दिंदै उक्त कुरा बताएका हुन् ।

उनले भनेका छन, , ‘देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ। सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ ।’

प्रधानमन्त्री शाहले उद्धारका लागि आज बिहान ६ः३० बजेदेखि उडानहरू सुरु भइसकेका जानकारी गराए । बिहानदेखि हालसम्म १५ भन्दा बढी उडानहरू भइसकेका र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा रहेको उनले बताए ।

‘नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भने ।

यस्तै उनलेबाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पु¥याउने काम भइरहेको जानकारी गराएका छन् । ‘प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पु¥याइँदैछ’, उनले भनेका छन्, ‘छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग गर्नेछ ।’

नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ । खाना तथा पानीको व्यवस्था गरिएको छ। ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ । यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ ।

उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ । सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्नुभएको छ । यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित रहेको उनले बताए । आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ। विपतमा हातेमालो गर्ने सबैलाई उहाँले धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस