रसुवा बाढीः उद्धार तीव्र पार्न राष्ट्रपति सीको निर्देशन

अनलाइनसमय |
१० भदौ २०८३
रसुवा बाढीः उद्धार तीव्र पार्न राष्ट्रपति सीको निर्देशन

काठमाडौं, १० भदौ । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढी र पहिरोपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको खोजी तथा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएका छन् ।

चीनको तिब्बतस्थित नेपाल सीमा क्षेत्रमा आएको बाढी तथा पहिरोले दुवैतर्फ ठूलो क्षति पु¥याएपछि राष्ट्रपति सीले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गर्न, बेपत्ताको खोजी गर्न तथा घाइतेको उपचार र प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट आएको बाढीले नेपालको रसुवास्थित टिमुरे, स्याफ्रुबेंसी र रसुवागढी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । बाढीले बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ भने कैयौँ व्यक्ति सम्पर्कविहीन भएका छन् । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन् ।

बाढीको प्रभाव रसुवामा मात्र सीमित नभई नुवाकोट, धादिङ हुँदै तल्लो तटीय क्षेत्रमा समेत देखिएको छ । रसुवागढी नाका जोड्ने बेत्रावती–रसुवागढी सडकखण्डमा क्षति पुगेको र विभिन्न स्थानका पक्की पुलसमेत बगाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस