रसुवा बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन

अनलाइनसमय |
१० भदौ २०८३
रसुवा बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं, १० भदौ । रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहीन भएका छन् ।

विभिन्न एजेन्सीहरूले दिएको विवरणअनुसार बाढीपछि ३८४ जना पर्यटक सम्पर्कमा नरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डल पर्यटक सम्पर्कविहीन भएको जनाएको हो ।

तीमध्ये सम्राट टुर्स एन्ड ट्राभल्सबाट ७१ जना (५९ भारतीय र १२ नेपाली) सम्पर्कविहीन भएका छन् । काठमाडौं होलिडेजबाट गएका १७ जना सम्पर्कविहीन छन् । जसमा १ विदेशी र १५ नेपाली छन् ।

त्यस्तै लिफ होलिडेजका ५५ जना (४६ भारतीय र ९ नेपाली) सम्पर्कविहीन छन् । कैलास जर्नीबाट ३१ जना बेपत्ता छन् । जसमा २६ विदेशी र ५ नेपाली छन् ।

यसैगरी एक्स्प्लोर भ्याकेसनबाट ७ नेपाली सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । ट्रेकर्स सोसाइटीबाट ९२ जना सम्पर्कविहीन छन् ।

रिचा टुर्स एन्ड ट्राभल्सबाट १२, फिस्टेल टुर्स एन्ड ट्राभलबाट २७, हिमालयन ग्लेसियरबाट ५२ र अल्पाइन इको ट्रेकबाट २० सम्पर्कविहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस