चीनमा थुनिएको नदीको ताल अझै खुलेन, नेपालमा बाढीको उच्च जोखिम कायमै

अनलाइनसमय |
१० भदौ २०८३
चीनमा थुनिएको नदीको ताल अझै खुलेन, नेपालमा बाढीको उच्च जोखिम कायमै

काठमाडौं, १० भदौ । भोटेकोसी नदीमा फेरि बाढी आउने जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणले जनाएको छ ।

चीनतर्फ पहिरो वा हिमपहिरोका कारण थुनिएको नदीको ताल अझै पूर्ण रूपमा नखोलिएकाले नेपालतर्फ भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम कायमै रहेको प्राधिकरणले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले दिएको पछिल्लो सूचना अनुसार नदी थुनिएको स्थानमा ताल अझै पुरै नखुलेकाले उपल्लो र तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने खतरा रहेको छ ।

बुधबार दिउँसो १ः३५ बजे चिनियाँ अधिकारीहरूले पठाएको सूचनामा नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखुलेको जनाइएको छ । जसले गर्दा अझै पनि भोटेकोसी र त्रिशुली नदी आसपासको क्षेत्रमा जोखिम कायमै रहेको छ ।

प्राधिकरणले भनेको छ, ‘चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस